काठमाडौँ, १४ कात्तिक । सिस्नुपानी नेपालका कलाकारले ‘सिस्नुपानी देउसी’मार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गरेका छन् ।
यहाँस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रम हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी ओली, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलगायत धेरै पार्टीका नेताको उपस्थिति थियो । त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताव्दी पुरुष सत्यमोहन जोशी, प्रधान सेनापति राजेन्द्र क्षत्री, मुख्य सचिव डा सोमलाल सुवेदी, प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती जस्ता सबै पेसा र क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो ।
कार्यक्रमको मुख्य आकर्षण हास्य कलाकारद्वय मनोज गजुरेल र सीताराम कट्टेल ९धुर्मुस०को प्रस्तुति थियो । उहाँहरुमध्ये गजुरेलले प्रधानमन्त्री दाहालको तथा कट्टेलले पूर्वप्रधानमन्त्री ओलीको स्वरुप धारण गर्नुभएको थियो । उहाँहरुले एक–अर्काबीचको छेडछाड र आरोप प्रत्यारोपले सक्कली दाहाल र ओलीलाई भरपूर मनोरञ्जन दिनसक्नु भएको प्रतीत हुन्थ्यो ।
सिस्नुपानीसँगको सहकार्यमा प्रज्ञा–प्रतिस्ठानले आयोजना गरेको कार्यक्रममा व्यङ्य कवि शैलेन्द्र सिंखडाले राष्ट्रिय स्वाभिमानको पक्षमा, गायक शिशिर योगीले भ्रष्टाचारविरुद्ध तथा कमलीकान्त भेटवालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबारे व्यङ्ग्य प्रहार गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा सिस्नुपानी नेपालका महासचिव टङ्कप्रसाद आचार्य, लक्ष्मण गाम्नागे, धीरेन्द्र प्रेमर्षिलगायतले देउसी रे को भाकामा प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले देउसी विचारोत्तेजक र रोचक भएको बताउँदै अर्को वर्षको देउसीसम्ममा संविधान कार्यान्वयन भइसक्ने र त्यतिबेला अरु नै विषयले प्राथमिकता पाउने आशा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयनमा अझै चुनौती छन् तर हामी नेपाली हिजो संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि सफल हुन्छौं ।”
त्यस्तै, पूर्वप्रधानमन्त्री ओलीले संस्कृतिलाई कायम राख्न र समाजलाई सही दिशा दिन यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनुभयो ।
त्यसैगरी वरिष्ठ नेता पौडेलले भने सिस्नुपानीले आफू कार्यकारी प्रमुख नभएको प्रति सङ्केत गर्दै, ‘मलाई सिस्नुपानीले पोल्ने गरेको छैन’ भन्नुभयो ।
सिस्नुपानी नेपालले विगत १९ वर्षदेखि हरेक वर्ष देउसी कार्यक्रम गर्दे आएको छ । रासस
Sunday, October 30, 2016
सिस्नुपानी देउसीमा दाहाल र ओलीको नक्कल
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment