Friday, October 14, 2016

थाइ नरेशको निधनमा दुःख व्यक्त

काठमाडौँ, २८ असोज । नेपालले थाइल्यान्डका नरेश भूमिबोल अदुलियादेजको बिहीबार भएको निधनमा दुःख व्यक्त गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका युवराज महा वजिरालङकर्नलाई आज शोक सन्देश पठाउँदै थाइ नरेशको निधनमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले आफ्ना समकक्षीहरुलाई छुट्टाछुट्टै शोक सन्देश पठाउँदै थाई नरेशको आकस्मिक निधनमा दुःख व्यक्त गर्नुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts