Friday, October 14, 2016

बस दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, २८ असोज । काठमाडौँबाट काँभ्रेपलाञ्चोकको पलाञ्चोकतर्फ जाँदै गरेको बा ४ ख १९१३ नम्बरको कीर्तिपुर यातायातको बस आज अपरान्ह पाँचखाल नगरपालिका–१६ भान्साघरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा एक र उपचारका लागि ल्याउँदै गर्दा बाटोमा एकजनाको मृत्यु भएको हो । मृतकको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

घाइते सबैलाई धुलिखेल अस्पताल ल्याइएको छ । घाइतेमध्ये तीन÷चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts