Sunday, October 23, 2016

अल अहालिया एक्सचेन्जको उपहार योजनामा एक नेपालीलाई एक कार उपहार

lucky-draw-nepali-laiयुएई दुबई । गत बिहिबार अल अहालिया एक्सचेन्जको उपहार योजनामा एक नेपाली सहित १० जनाने कार उपहार हात परेका छन् । अल अहालिया एक्सचेन्ज युएइले विभिन्न देसबाट रोजगारीको सिलसिलामा युएइ आएका श्रमिकहरुलाई लक्ष्क्षित गर्दै, विभिन्न देसका चाड पर्वलाइ मध्यनजर गरि २ महिना लामो सो उपहार आयोजनाको समय अबधि तोकेको थियो ।

अल अहालिया एक्सचेन्जले तोकेको समय यसै बर्षको अगष्ट १६ देखि अक्टोवर १६ सम्ममा स्वोदेश पैसा पठाए बापत कुपन दिने ब्यावस्था मिलाएको थियो । सोहि कुपनलाइ लक्की ड्र गरि केहि दिन अघि  ११ बिजेताको नाम सार्बजनिक गरेको थियो ।
सो लक्की ड्रमार्फत बिजयी हुनेहरुलाई अल अहालिया एक्सचेन्ज युएइले एक कार्यक्रम गरि उपहार हस्तान्तरण गरेको थियो । १ किलो सुन पाउने भारतीय तथा कार उपहार पाउनेमा १ नेपाली ‘खगेश्शोर कंडेल’ २ फिलिपिन्स, २ पाकिस्तानी, ४ भारतीय, र १ घानाका रहेका छन् ।
कार उपहार पाउने नेपाली ४६ बर्षीय ‘खगेश्शोर कंडेल’ दाङका हुन् । बिगत लामो समयदेखि युएइमा कार्यरत कंडेलले युएइ दिराम ४५००० हजार (झन्डै नेपाली १३५००००) मूल्य पर्ने निसान ब्रान्ड अन्तर्गतको सन्नी मोडेलको कार हात परेका हुन् ।

चाड पर्वका बेला यहा कार्यरत अधिक श्रमिकहरुले स्वोदेश रकम पठाउने हुदा अल अहालिया एक्सचेन्ज युएइले बिगत ५ बर्षदेखी यस्ता उपहार योजना गर्दै आएको छ ।

चिरन न्यौपाने \गीता मणि पाण्डे

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts