Friday, October 7, 2016

एमाले अध्यक्ष ओली र राष्ट्रकवि घिमिरेबीच शुभकामना आदानप्रदान

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवास लाजिम्पाटमा पुगी आज करिब एक घन्टा भलाकुसारी गर्नुभएको छ ।

अध्यक्ष ओलीले राष्ट्रकवि घिमिरेको ९८औँ जन्मदिनका अवसरमा शुभकामना दिनुभयो । सो अवसरमा नेपालीको विभिन्न चाडपर्वका शुभकामना आदानप्रदानसमेत भयो ।

अध्यक्ष ओलीले राष्ट्रकवि घिमिरेबाट आर्शिवाद लिनुभयो । उहाँको स्वास्थ्यस्थितिका बारेमा चासो राख्नुभएको थियो । राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

राष्ट्रकवि घिमिरेले नेता ओलीले राख्नुभएको राष्ट्रियता, देशभक्तिको भावनाबाट आफू प्रफुलित भएको र उहाँको अडान आफूलाई सही लागेको सुनाउनुभयो ।

अध्यक्ष ओलीले भाषण गर्दा उखान टुक्का जोड्ने गर्नाले नेपाली भाषा साहित्यको जर्गेका गर्न मद्दत पुगेको हुनाले त्यसलाई ख्यालठट्टा रुपमा लिन नहुने राष्ट्रकवि घिमिरेले विचार राख्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts