Friday, October 7, 2016

भारतीय चल्लासहित सत्र जना पक्राउ

गौर (रौतहट), २१ असोज । मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले ठूलो परिमाणमा भारतीय चल्लासहित १७ जनालाई आज बिहान पक्राउ गरेको छ ।

उनीहरुलाई रौतहट, कर्कच कर्मैया–८ टिकुलियाबाट ११४ बाकसमा लुकाइछिपाइ ल्याइएको पाँच हजार ७०० चल्ला, दुई मोटरसाइकल र १६ साइकलसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कृष्ण भण्डारीले बताउनुभयो ।

बरामद भएको चल्ला जिल्ला प्रहरी कार्यालय परिसरमा नष्ट गरिएको र पक्राउ परेकालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts