Sunday, October 23, 2016

महाभियोग प्रस्तावमाथि कात्तिक ९ गते छलफल

काठमाडौँ, ७ कातिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावले आज सदनमा प्रवेश पाएको छ ।
नेकपा (माओवादी)का महेन्द्रबहादुर शाहीसहित १५७सांसदले प्रमुख दर्ता गराएको महाभियोगको प्रस्तावमाथि सदनमा यही कात्तिक ९ गते छलफल हुने छ । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले कार्कीविरुद्धको महाभियोगसम्बन्धी प्रस्तावमाथिको छलफलका लागि यही कात्तिक ९ गते अपराह्न ३ बजे तोकिएको जानकारी दिनुभयो ।

नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् व्यवस्थापिका– संसद् नियमावली, २०७३ को १३८ को उपनियम नियम १ बमोजिम उक्त प्रस्ताव दर्ता गरिएको हो । प्रमुख कार्कीलाई पदीय आचरण विपरीत कार्य गरेको अभियोग लगाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts