Sunday, October 2, 2016

मन्त्री श्रीपाइलीद्वारा अनसनरत मैनालीसंग भेट

काँकडभिट्टा (झापा), १६ असोज । विर्तामोडस्थित बिएन्डसी हस्पिटललाई मेडिकल कलेजको सम्बन्धन दिनुपर्ने माग गर्दै पाँच दिनदेखि आमरण अनशन बस्नुभएका चैतन्यप्रकाश मैनालीलाई आज युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले भेट गर्नुभएको छ ।

हस्पिटल परिसरमै अनसनमा बस्नुभएका मैनालीलाई भेटेपछि पत्रकारसँगको कुराकानीमा मन्त्री श्रीपाइलीले उहाँका मागलाई मन्त्रिपरिषद्मा लैजाने बताउनुभयो ।

काठमाडौँका डा गोविन्द केसी र झापाका मैनालीले अनशनका क्रममा उठाउनुभएको मागका विषयमा सरकारले उपयुक्त निर्णय लिने मन्त्री श्रीपाइलीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts