Sunday, October 23, 2016

महाअभियोगका पक्षमा लाग्न माओवादी केन्द्रका सांसदलाई निर्देशन

काठमाडौँ, ७ कात्तिक । नेकपा(माओवादीकेन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगका पक्षमा लाग्न सांसदहरुलाई निर्देशन दिएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीका सांसदलाई महाअभियोग अघि बढाउन निर्देशन दिनुभएको नेता अग्नि सापकोटाले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको शनिबारको बैठकले महाअिभयोगसम्बन्धी निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष दाहाललाई दिएको थियो ।

सोही अनुरुप आफूले सत्तारुढ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न पार्टीका नेतासँग छलफल अघि बढाएको आजको बैठकमा अध्यक्ष दाहालले जानकारी दिनुभएको थियो ।

अध्यक्ष दाहालले वैधानिक रुपमा दर्ता भएको महाअभियोगका पक्षमा एक भएर अघ्न बढ्न बैठकमा सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts