Monday, October 3, 2016

अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक : उद्योगमन्त्री जोशी

बुटवल, १७ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताउनुभएको छ ।
त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले दिलाउनुभयोे ।
नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा हालै पारित भएको औद्योगिक व्यवसाय ऐनमा व्यवस्था गरिएको ‘नो वर्क नो पे’ मुलुकको औद्योगिक विकासका लागि मजबुत जग बन्नेमा जोड दिंदै उहाँले मुलुकको उद्योग व्यवसाय धाराशायी हुँदै गएको अवस्थामा औद्योगिक विकासका लागि मन्त्रिपरिषद्को बैठकले सर्वसम्मत रुपमा औद्योगिक व्यवसाय ऐन लागू गरेको हो भन्नुभयो ।
उहाँले उक्त ऐनभित्र व्यवस्था गरिएको ‘नो वर्क नो पे’ ले उद्योगधन्दामा बन्द हडताल गर्न नपाउने हुँदा उद्योगी व्यवसायी लाभान्वित हुने तर मजदुरका कारणबाहेक अन्य समस्याले उद्योग बन्द भए त्यस्तो समस्या समाधानका लागि उद्योगी, मजदुरका प्रतिनिधि र सरकार बसेर समाधान गर्ने बाटो खुला राखिएको उहाँको भनाइ छ ।
मुलुकको आयात प्रतिस्थापनका लागि सबै नेपाली युवा तरुणलाई उद्योगी बनाउने नीति मन्त्रालयको रहेको बताउँदै उहाँले लघु तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योग तथा ठूला उद्योगका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको जानकारी पनि दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts