दाङ, २८ असोज । दाङमा दुई अग्रज साहित्यकारका कृति लोकार्पण गरिएको छ ।
राप्ति साहित्य परिषद्को आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार गिरीराज शर्माको ‘सम्झनामा मेरो अतीत’ र साहित्यकार कमलमणि देवकोटाको ‘अवसरवाद’ लोकापर्ण गरिएको हो ।
दुवै कृतिको पुर्वमन्त्री रेखा शर्मा, वरिष्ठ साहित्यकार अमर गिरी, राप्ति साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाललगायतले संयुक्तरुपमा लोकापर्ण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment