Friday, October 14, 2016

नहरमा डुबेर मृत्यु

उर्लाबारी (मोरङ), २८ असोज । विराटनगरस्थित नहरमा डुबेर विराटनगर–५ का ४८ वर्षीय महेन्द्र उराउको मृत्यु भएको छ ।

यही असोज २६ गते माछा मार्न भनेर जालसहित हिँडेका उनको शव आज दिउँसो स्थानीय नहरमा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । शव परीक्षणका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।

छोराको प्रहार पितालाई

मोरङको टाँडी–८ मा गए राति छोराको धारिलो हतियार प्रहारबाट ४५ वर्षीय लक्ष्मी शङ्कर गम्भीर घाइते भएका छन् ।
स्थानीयवासी १९ वर्षीय खगेन्द्र शङ्करले राति १० बजेतिर दुवैबीच सामान्य विवाद भएपछि बाबुको टाउकामा प्रहार गरेका थिए । घाइतेको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अभियुक्त खगेन्द्रलाई अस्थायी प्रहरी चौकी टाँडीले पक्राउ गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts