Wednesday, October 19, 2016

बर्डफ्लुको त्रासका कारण भारतको केन्द्रीय चिडियाखाना बन्द

नयाँदिल्ली, ३ कात्तिक । भारतको राजधानी नयाँदिल्लीमा रहेको केन्द्रीय चिडियाखाना अस्थायीरुपमा बन्द गरिएको छ ।

बर्डफ्लुका कारण चिडियाखानाका दुई चरा मरेपछि बर्डफ्लु नियन्त्रणका लागि बुधबारदेखि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको हो ।

मरेका चराको परीक्षण गर्दा बर्डफ्लुका जिवाणु भेटिएको चडियाखानाका अधिकारीहरुले जानकारी दिएका छन् । केही दिनभित्रमा मरेका नौ ओटा चराहरुमध्ये दुई ओटामा मात्रै बर्डफ्लुको जिवाणु भेटिएको उनीहरुको भनाइ छ ।

अधिकारीका अनुसार केहीदिनका लागि मात्रै बन्द गरिएकाले खतरा नहुने निश्चित भएपछि चाँडै नै चिडियाखाना पुर्ववत् अवस्थामा खुल्ला गरिनेछ । रासस÷एएफपी

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts