Friday, October 7, 2016

आगलागीबाट रु पाँच लाखको क्षति, पसलमा लाखौँको चोरी

राजविराज, २१ असोज । सप्तरीको कंचनरुप–५ स्थित एक हार्डवेयर पसलमा आज आगलागी हँुदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

स्थानीय अजय रौनियरको हार्डवेयर पसलमा अचानक विद्युत् चुहिएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सो आगलागीबाट हार्डवेयर पसलमा रहेका सम्पूर्ण सामान जल्दा रु पाँच लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कंचनरुपले जनाएको छ ।

आगोलाई स्थानीयवासी, प्रहरी र राजविराजबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । यस्तै केही दिनयता सप्तरी सदरमुकाम राजविराजमा चोरीको घटना बढ्दै गएको छ । पछिलो पटक राजविराज–१ स्थित हटियामा आज एउटा मोबाइल पसलमा चोरी भएको छ ।

पाँच÷छ जनाको समूहमा आएको चोरले हटियास्थित साझा पुस्तक पसल अगाडि रहेको अमन कम्यिुनिकेसन (मोबाइल पसलमा) लाखौँ मूल्य बराबरको मोबाइल चोरी गरेको पीडितले जनाएको छ ।

सो पसलबाट करिब रु पाँच लाखभन्दा बढीको मोबाइल चोरी भएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts