Sunday, October 2, 2016

करेन्ट लागेर युवकको मृत्यु

दमौली, १७ असोज । तनहुँको व्यास नगरपालिका–३ पुरनडिही मकुन्डेस्थित बुल्दी खोलामा आइतबार राति माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । साथीसँग माछा मार्न गएका बेला करेन्ट लागेर अन्दाजी २७÷२८ वर्षीय ती युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ती युवक गण्डकी नेपाल गाई फार्ममा काम गर्दै आएका थिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts