Sunday, October 2, 2016

मधेश, थारु र मगरहरुलाई न्याय हुन्छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको क्रममा मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी सहमतिको प्रयास भइरहेको बताउनु भएको छ ।
सोमबार बिहान सर्वदलीय, सर्वपक्षीय मगर प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘ संघीयतामा अरु कुरा आधारभूत रुपमा मिलेकै छ । तर, विगतमा संविधान निर्माण गर्दा मधेश, थारु र मगरहरुको कलष्टर अलग–अलग पर्न गयो । यसपटक मधेश, थारु र मगरहरुलाई न्याय हुने गरी संविधान संशोधनमा सहमतिको प्रयास भइरहेको छ ।’
भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताउनुभयो । भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगराँत प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधित्व, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिबासी जनजातिका प्रथाजन्य कानूनहरुलाई वैधानिकता दिनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts