Tuesday, November 22, 2016

वैदेशिक विश्वविद्यालयका शैक्षिक कार्यक्रम अनुगमन गर्नुपर्नेमा जोड

भक्तपुर, ७ मङ्सिर । शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ ।

सानोठिमीमा आयोजित विश्वविद्यालय अनुदान आयोगको २३ आँै वार्षिकोत्सव कार्यक्रममा उहाँले प्राज्ञिक क्षेत्रमा राजनीतिक हस्तक्षेपको जटिलता चुनौतीका रुपमा रहेकाले यसलाई हटाउन सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा वैदेशिक विश्वविद्यालयका कार्यक्रम ९६ वटा सञ्चालन भइरहेको जानकारी दिँदै उहाँले नेपालमा सञ्चालित वैदेशिक विश्वविद्यालयका शैक्षिक कार्यक्रमको विश्वविद्यालय अनुदान आयोगले अनुगमन र व्यवस्थापन गर्ने काम अब सुरु गर्नुपर्ने बताउनुभयो ।

उच्च शिक्षा विधेयक मन्त्रिपरिषद्मा अड्किएको बताउँदै उहाँले यो अति आवश्यक भएकाले छिट्टै पारित गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वविद्यालय अनुदान आयोगले अनुदान वितरण गर्ने बाहेक अन्य काम गर्न नसकेको टिप्पणी समेत गर्नुभयो ।

कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा तीर्थ खनियाँले मन्त्रालयमा विधेयक अड्किँदा शिक्षाका विषय ट्राफिक जाममा परे जस्तो भएको बताउँदै विदेशी विश्वविद्यालयका संस्थाले नेपालमा कार्यक्रम चलाउनु गुणस्तरीय शिक्षा दिन नभई प्रमाणपत्र किनबेच गर्न मात्र भएको टिप्पणी गर्नुभयो ।

त्यस अवसरमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा परासरप्रसाद कोइरालाले विश्वविद्यालयहरुले जथाभाबी सम्बन्धन दिने कार्य रोक्नु पर्नेमा जोड दिनुभयो । सदस्य सचिव प्रा डा देवराज अधिकारीले आयोगको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा आयोगका पूर्वअध्यक्ष प्रा कृष्णबहादुर थापा, प्रशासकीय प्रमुख सुवासचन्द्र ढुङ्गेल, सूचना अधिकृत देवेन्द्र रावल लगायतले उच्च शिक्षाको विकृतिलाई हटाउँदै लैजानु पर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts