Friday, November 18, 2016

निर्वाचनका लागि तीन दल मिल्नुको विकल्प छैनः नेता पाण्डे

पोखरा, ३ मङ्सिर । नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले निर्वाचनका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

पोखरामा आज पत्रकारसँगको भेटघाटमा उहाँले अब हुने तीन तहको निर्वाचनमा तीनवटै पार्टीले पालैपालो सरकारको नेतृत्व गरेर भए पनि देशमा आइपर्ने सङ्कटको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेता पाण्डेले निर्वाचन सम्बन्धी ऐन पारित नभएकाले निर्वाचन नहुने शङ्का बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

“संविधान संशोधन गर्ने चर्चा सत्ता जोगाउने खेल मात्रै हो, उहाँले भन्नुभयो – संविधान संशोधनको ठोस प्रस्ताव आए एउटै टेवुलमा बसेर छलफल गर्न एमाले तैयार छ ।” रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts