Tuesday, November 15, 2016

मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा

सङ्खुवासभा, १ मङ्सिर । सङ्खुवासभा जिल्लास्थित मकालु हिमाल आरोहणको ६० औँ वर्ष प्रवेशको अवसरमा सङ्खुवासभाको चिचिलामा आयोजना हुन लागेको मकालु हीरक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आगामी मङ्सिर ६ र ७ गते आयोजना हुन लागेको हीरक महोत्सवले सङ्खुवासभाको मात्र नभएर देशकै पर्यटन विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हीरक महोत्सव आयोजक मूल समारोह समितिका संयोजक मिङ्मा शेर्पाले बताउनुभएको छ ।

संयोजक शेर्पाले पर्यटन क्षेत्रको विकास र आकर्षण बढाउन मकालु हीरक महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । पर्यटकको सहजताका लागि मकालु हीरक महोत्सव चिचिलामा आयोजना गर्न लागिएको विश्वकै १४ वटा हिमाल आरोहण गर्न सफल आरोही मिङ्मा शेर्पाको भनाइ छ ।

विश्वका आठ हजार मिटरभन्दा बढी उचाईमा रहेका हिमालको सफल आरोहण गरेर गिनिज बुक अफ बल्र्ड रेकर्ड्समा नाम राख्न सफल शेर्पाले महोत्सवबाट आएको पैसाले सङ्खुवासभाको चिचिलामा मकालु हीरक पार्क समेत निर्माण गरिने योजना रहेको बताउनुभयो ।

संयोजक शेर्पाले हीरक महोत्सवको तैयारी गर्ने समय अलिक कम भएकाले हतारहतारमा कार्यक्रम गरिएको हुँदा यसलाई सफल पार्न जिल्लावासी सबैसमक्ष सहयोगको अपिल समेत गर्नुभएको छ ।

महोत्सव आयोजनाका लागि रु ८० लाख रकम आवश्यक भएपनि हालसम्म रु २० लाख मात्र रकम सङ्कलन भएको शेर्पाले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts