Friday, November 18, 2016

पर्वतारोहण पर्यटन सम्मेलन सुरु

काठमाडौँ, ३ मङ्सिर । मकालु र कञ्चनजङ्घा हिमाल आरोहणको ६०औँ वर्ष प्रवेश गरेको (हीरक जयन्ती)अवसरमा दुईदिने पर्वतारोहण पर्यटन सम्मेलन सुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घ, युनियन अफ एसियन अल्पाइन, युनियन अफ इन्टरनेसनल अल्पाइन र आइसेट नेपालको संयुक्त आयोजनामा भएको सम्मेलनमा मौसम परिवर्तन एवम् गत वर्ष भूकम्पले पारेको प्रभावका विषयमा पनि छलफल प्रारम्भ भएको छ ।

सन् १९५५ मे १५ मा मकालु हिमाल र सन् १९५५ कै मे २५ मा कञ्चनजङ्घा हिमाल आरोहण सुरु भएको थियो ।

सम्मेलन उद्घाटनका क्रममा मन्त्रालयका सहसचिव ढुण्डी घिमिरे, युनियन अफ एसियन अल्पाइनका अध्यक्ष डा ली इन्जुङ युनियन अफ इन्टरनेसनल अल्पाइनका प्रतिनिधि सोफी जेराल्ड, सङ्घका अध्यक्ष आङछिरिङ शेर्पालगायतले नेपालको पर्वतीय क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सके आयस्रोतको भरपर्दो माध्यम बन्नेमा जोड दिनुभयो ।

मकालु हिमाल आरोहणको हीरक जयन्तीकै अवसर पारेर मङ्सिर ६ गते सङ्खुवासभामा राष्ट्रपति विद्यादेवी भण्डारी र मङ्सिर ७ गते ताप्लेजुङमा प्रधानमन्त्री पुष्पकमल दाहालकोे प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गर्ने तयारी भएको सो अवसरमा जानकारी गराइयो ।

सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनकै अवसर पारेर एसियन पर्वतारोहण महासङ्घको महासभा पनि नेपालमा आयोजना गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts