इटहरी, २१ कात्तिक । सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले छैठी माताले मुलुकलाई समृद्ध बनाई सबैलाई एउटै मञ्चमा बसेर समस्याको निकास निकाल्न सद्बुद्धि प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।
सुनसरीको इटहरीस्थित बूढीगङ्गाजमुना मुक्तिघाटमा आयोजित छैठी माताको पूजा समारोहको आज उद्घाटन गर्दै उहाँले छैठी माईको यस पर्वले सम्पूर्ण नेपालीमा सकारात्मक चिन्तनको समेत विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
संविधान जारी भएको एक वर्षभन्दा बढी भइसकेको र यसको कार्यान्वयनले मूर्त रुप लिइसकेकाले देशमा उत्पन्न असन्तुष्टि छैठी माताको पूजापछि आफैँ समाप्त भएर जाने मन्त्री थानीको भनाइ थियो । सांसद रेवतीरमण भण्डारीले देशले अहिले जे–जस्ता समस्यासँग जुध्नु परिरहेको छ ती सबै समस्याले विस्तारै किनारा पाउने अवस्था सिर्जना होस् भनेर छैठी मातासँग कामना गर्नुभयो ।
उक्त समारोहमा विभिन्न क्षेत्रमा सहयोग पु¥याउने नौ जनालाई सम्मान गरिएको थियो । बूढीगङ्गाजमुना मुक्तिघाटमा ३२१ पूजा मण्डप स्थापना गरेर पूजापाठ गरिँदैछ । सो स्थानमा रातभर सांस्कृतिक कार्यक्रमसँगै जाग्राम बसेर छैठी माताको पूजापाठ गरिने बताइएको छ । रासस
No comments:
Post a Comment