Saturday, November 19, 2016

पाँच नम्बर प्रदेश छुट्याउन पाइदैँन : अध्यक्ष ओली

लुम्बिनी, ४ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले पाँच नम्बर प्रदेशलाई छुट्याउन नहुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बिहान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पाँच नम्बर प्रदेश छुट्याउनुपर्ने कुनै पनि माग जनताले नराखेकाले छुट्याउन नहुने बताउनुभयो ।

अध्यक्ष ओलीले पहाड र मधेसका जिल्ला जोडिएकै कारण पाँच नम्बर प्रदेशलाई छुट्याउनु पर्दछ भन्ने जबर्जस्ती माग कतिपय पक्षको छ, अध्यक्ष ओलीले भन्नुभयो “मैले सोध्ने गरेको छु, यो माग कसको हो, पाँच नम्बर प्रदेशलाई किन छुट्याउनुपर्छ, यसबाट के प्राप्त हुन्छ, यी प्रश्नको उत्तर बिना आएको यो मागको सर्मथन कसरी गर्ने ।”

उहाँले प्रदेश नम्बर पाँचलाई कुनै पनि हालतमा छुट्याउन नसकिने उल्लेख गर्दै यस्ता मागका पछाडि नलाग्न सबैमा आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले कुनै पनि मुलुकमा अङ्गिकृत नागरिकताधारीले संवैधानिक अङ्गको प्रमुख बन्न पाउने प्रावधान नभएकाले नेपालमा पनि अङ्गिकृत नागरिकताधारीलाई संवैधानिक अङ्ग प्रमुख बनाउन नसकिने स्पष्ट पार्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts