Monday, December 26, 2016

संविधान संशोधनमा साझा धारणा बनाउन सुझाव

नेपालगन्ज, ११ पुस । संविधान संंशोधनलगायतका विषयमा प्रमुख राजनीतिक दलबीच तत्काल साझा धारणा बनाउन नसके प्राप्त उपलब्धि पनि गुम्न सक्ने धारणा विभिन्न दलका नेताले व्यक्त गरेका छन् ।

सम्वाद समूहले आज यहाँ आयोजना गरेको ‘प्रदेश नम्बर– ५ को सिमाना हेरफेर, औचित्य, चुनौती र समाधान’ विषयक अन्तत्र्रिmयामा उनीहरुले प्रदेश सीमाङ्कनको सवाललाई राजनीतिक दलबीचको सहमतिमा छिटै टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

‘संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाबाट नै अहिलेको राजनीतिक जटिलता सल्टाउनुको विकल्प नभएको” बताउँदै उनीहरुले संविधानमा सबैले अपनत्व ग्रहण गर्नका लागि सबै दलको चित्त बुभ्mने प्रादेशिक संरचना निर्माण गर्नुपर्ने बताउनुभयो ।

दलहरुबीच बढ्दै गएको तिक्तताले सङ्घीयतालाई नै कमजोर बनाउने हुँदा यसतर्फ दलहरु सचेत र गम्भीर हुनुपर्ने धारणा उनीहरुले व्यक्त गर्नुभयो ।

यसरी धारणा राख्नुहुनेमा राप्रपाका महामन्त्री डा धवलशमशेर राणा, तमलोपाका महामन्त्री पशुपतिदयाल मिश्रा, सांसद अव्दुलहमियाँ सिद्धिकी, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य आइपी खरेल, नेकपा (एमाले) बाँकेका सचिव रत्न खत्रीलगायत रहेका छन् ।

‘प्रदेश नम्बर पाँचको सीमाङ्कनसहितको संविधान संशोधन प्रस्ताव राजनीतिक गतिरोध अन्त्यको कडी भए पनि जनमत नलिइ प्रक्रिया अघि बढाउन खोजिँदा अन्यौलतासँगै द्वन्द्व सिर्जना हुन सक्छ’—राजनीतिक विश्लेषक डा जनार्दन आचार्यले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts