Saturday, December 17, 2016

नेपाललाई माइतीघर बनाउनुस -पर्यटनमन्त्री शाही

मेलबर्न,अस्ट्रेलिया / पर्यटनमन्त्री जीवन बहादुर शाहीले अस्ट्रेलियामा बसोबास गर्दै आएका नेपालीहरुलाई नेपाललाई माइती सम्झेर संरक्षण गर्न आग्रह गर्नु भएको छ ।

गैर -आवसिय नेपालीसंघ,अस्ट्रेलियाको आयोजनामा भिक्टोरियाको मेलबर्न शहरमा भएको नेपाल फेस्टिभल मेलबर्न 2016 को उद्घाटन गर्न शनिबार अस्ट्रेलिया भिक्टोरियाको मेलबर्न शहरमा पुग्नुभएका पर्यटनमन्त्री शाहीले फेडेरेसन स्क्वायरमा भेला भएका नेपालीहरुलाई सम्बोधन गर्दै भन्नू भयो “अस्ट्रेलिया तपाईहरुको घर हो नेपाल माइती ,माइती घर नेपाल कम्जोर छ बिश्वभर नेपालको सस्कृतीलाई फैलाउनुहोस “पर्यटनमन्त्री शाहीले बिदेशमा हुने कार्यक्रमले नेपाली कला ,सस्कृती र पर्यटन प्रबर्द्धनका साथै एकताको सन्देश दिने बाताउनु भयो।

कार्यक्रममा गैर आवसिय नेपालीसंघका अध्यक्ष शेष घलेले नेपालको बिकासको लागि एनआरएनएको तर्फबाट गर्न सकिने सहयोगको लागि पथ प्रदर्शक बनिदिन नेपालसरकारलाई आग्रह गर्नु भयो । परेडबाट शुरु भएको नेपाल फेस्टिभल मेलबर्न 2016 मा भिक्टोरियामा रहेका विभिन्न संघ सस्था संगै मेलबर्नमा रहेका नेपाली समुदायले नेपाली पहिचान झल्कने भेषभुषाका साथ नेपाली बाजागाजा तथा झाकी प्रदर्शन गरेका थिए ।मेलबर्नको मुटु मानिने फेडेरेसन स्क्वायरमा फहरायेको चन्द्र सुर्य अङ्कित झन्डाले नेपालीको सान छुट्टै देखिन्थ्यो ।

फेस्टिभलमा भाग लिन अस्ट्रेलियाको विभिन्न राज्यबाट प्रतीनिधिहरु सहभागी थिए ।”सेलेब्रेट कल्चर ,एक्स्पिरियन्स नेचर ” भन्ने मुल नाराको साथ मनाइयेको नेपाल फेस्टिभल मेलबर्न 2016 सफल भयेको एनआरएन भिक्टोरिया सयोजक केशव कंडेलले जानकारी दिनुभयो । फेस्टिभलमा मेलबर्नमा बस्ने नेपालीहरुले कलाकारहरुले लाखे कौडा ,चन्डी,दशै देउसी भैलो ,तीज लोक,भोजपुरी मैथिली आधुनिक पप सबै प्रकारका प्रस्तुति मार्फत सहभागी दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । फेस्टिभलमा पन्ध्र बर्ष सागितिक विश्राम लियपनि सबैको मन मुटुमा बस्न सफल कन्दरा ब्यान्डको नाम जब स्टेजबाट उद्घोष हुने बित्तिकै शनिबार विकेन्ड मनाइरहेका भिक्टोरिया मेलबर्नबासीको भुइँमा खुट्टा रहेन, कालो टिशर्ट माथी प्लेन शर्ट सङै क्रीम कलरको ह्यट लगायेर स्टेजमा उत्रिएका कन्दरा ब्यान्डका भोक्लिस्ट बिबेक श्रेष्ठले बिदेश गैइन उनी मलाइ छोडेर गीतबाट प्रस्तुती सुरुवात गरेका थिय ।

कान्छीहरु माइन्ड नगर्नु है भन्दै चन्चले कान्छीको जोबन हावामै उडेछ बोलको गीत गाउदा दर्शकहरुले आफूलाई सम्हाल्न सकेनन । गायक श्रेष्ठले ब्यान्डका हिट लोकप्रिय ,हङकङ पोखरा ,साङ्रीला ,भेडीगोठ लगायत झन्डै दर्जन गीतहरु प्रस्तुत गरिरहदा दर्शक दिर्घाबाट ओन्समोर ताली र वाही वाहै आइनै रह्यो ।नेपाल फेस्टिभल मेलबर्नको छैठौ सस्करणको साङितिक कार्यक्रममा नेपालीको गाउँ बेसि र पाखा पखेराको आभाष दिलाउन नेपालबाट आयेका लोक गायक खुमन अधिकारी र गायिका रमिला न्युपानेको दोहोरीमा पनि भिक्टोरिया मेलबर्न का नेपालीहरु उतिकै झुमे । सन 2006 देखि हरेक दुई बर्षमा एनएआरएनए को आयोजनाम नेपाल फेस्टिभल हुँदै आयेको छ ।

 शारदा थापा

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts