Saturday, December 17, 2016

संविधान कार्यान्वयनका लागि दल एकजुट हुनुपर्छ : मन्त्री पाण्डे

काठमाडौँ, २ पुस । भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।

लमजुङ–काठमाडौँ युवा कल्याणकारी समाजले आज काठमाडौँको टोखामा आयोजना गरेको ‘वनभोज तथा परिचयात्मक’ कार्यक्रममा उहाँले पाँच विकास क्षेत्रलाई नै आधार मानेर अगाडि बढेको भए अहिले मुलुकमा सङ्घीयताका बारेमा समस्या नआउने स्पष्ट पार्नुभयो ।

मन्त्री पाण्डेले लमजुङ प्राकृतिक, धार्मिक, ऐतिहासिक महत्व बोकेको जिल्ला भएकाले यसको उपयोगमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

समाजका अध्यक्ष टसबहादुर गुरुङले लमजुङमा जन्मेर काठमाडौँमा बस्ने युवालाई एकबद्ध गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सो अवसरमा विमाकुमारी दुरा, राजु परियार, कृष्णसुधा ढुङ्गानालगायत कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts