भोेजपुर, १५ पुस । नेपाल कै पहिलो दलित महिला स्थानिय विकास अधिकारी सीता परियारलाई सम्मान गरिएको छ । नेपाल उत्पिडित जातिय मुक्ति समाज भोजपरले आफ्नो २९ औ स्थापना दिवसको अवसरमा परियारलाई सम्मान गरेको हो ।
महिला त्यस माथी पनि दलित समुदायको एक मात्र महिला स्थानिय विकास अधिकारी भएर दलितहरुको लागि उदाहरणिय पात्र भएकोले सम्मान गरिएको आयोजकले जनाएको छ ।
रुपकोट २ कास्कीमा जन्मिएकी परियार भोजपुरको ३२ औ स्थानिय विकास अधिकारीको हुन्, भने जिल्ला कै पहिलो महिला स्थानिय विकास अधिकारी पनि हुन् । उनले यसअघि दोलखा जिल्लाको स्थानिय विकास अधिकारीको रुपमा काम गरि सकेकी छन् । उनि नेपालकै ६ औ महिला स्थानिय विकाु अधिकारी पनि हुन् ।
सम्मान पस्चात वोल्दै उनले सम्मानले आफुलाई अझ कार्य वोध भएको वताएकी छिन् । उनले आफ्नो कार्यकालमा जिल्लाको विकास लागि मन वचन र कर्म लाग्ने समेत वताएकी छन् ।
उनले भनिन् ‘यो सम्मानले मलाई काम गर्ने थप हौसला मिलेको छ, यो मेरो लागि पहिलो सम्मान पनि हो ।’
यसै कार्यक्रममा वोल्दै पुर्व मन्त्री शेरधन राईले संविधानमा दलित समुदायको लागि स्पस्ट व्यावस्था गरिएको वताएका थिए । सामाज दलित प्रति गरिने व्यावहारमा परिवर्तन आई सकेको समेत उनको भनाई थियो ।
नेपाल जातिय मुक्ती समाज भोजपुरका अध्यक्ष रविन शिवाले दलित समुदाय आफैमा कमजोर नभएको तर यस अघिको राज्य व्यावस्थाको कारण दलितहरुलाई कमजोर वनाएको वताएका थिए ।
उनले भने ‘ राज्यले नै हामीलाई कमजोर वनाएको थियो । तर अहिले संविधानले हाम्रो हक अधिकारको विषयमा केहि व्यावस्था गरेको छ । त्यसको प्राप्तिको लागि सम्पुर्ण दलित समुदाय एक हनु पर्छ ।’
Thursday, December 29, 2016
पहिलो दलित महिला स्थानिय विकास अधिकारी सम्मानित
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment