काठमाडौँ, १७ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका– संसदमा भईरहेको पछिल्लो गतिविधि र यही मङ्सिर ५ गतेदेखी ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणवारे जानकारी गराउनु भएको थियो ।
सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलबीच संसदमा देखिएको बेमेलको अवस्था अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायतका नेतासंग छुट्टाछुट्टै छलफल गरेको जानकारी गराउनु भएको उहाँका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिनुभयो ।
छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिवद्ध रहेको बताएकाले सहमतिको वातावरण बनाउन आपूm सदैव तयार रहेको जानकारी सभामुख घर्तीले राष्ट्रपतिलाई गराउनु भयो ।
राष्ट्रपति भण्डारीले दलहरुबीचको असहमति हटाएर सहमति जुटाउन संयोजनकारी भूमिका निर्बाह गर्दै संसदका गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्नुभएको थियो । रासस
Friday, December 2, 2016
राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच भेटवार्ता
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
पाल्पा। बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । ...
No comments:
Post a Comment