Saturday, December 10, 2016

एमालेको सदस्यताका लागि परीक्षा लिने: उपाध्यक्ष शाक्य

रत्ननगर (चितवन), २५ मङिसर । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा एमाले चितवनले आज भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो ।

उपाध्यक्ष शाक्यले संविधान विपरित संशोधन प्रस्ताव ल्याएर सरकारले बखेडा निकालेको बताउँदै ‘साँच्चिकै नै देश सुदृढ र बलियो बनाउने हो भने संविधान संशोधनभन्दा पनि यसको कार्यान्वयनका लागि दलहरु गम्भीर हुनुपर्छ भन्नुभयो ।

सीमाङ्कनको विषयमा आयोगमार्फत काम गराउनुपर्नेमा जोड दिदै उहाँले भन्नुभयो – संविधान संशोधन प्रस्ताव अहिले बेमौसमको बाजा भएको छ । उहाँले संविधान कार्यान्वयनका लागि निर्वाचन गराउनेतर्फ अग्रसर हुन सरकारलाई आग्रह गर्नुभयो ।

उपाध्यक्ष शाक्यले नेकपा (एमालले)ले सदस्यताका लागि परीक्षा लिने व्यवस्था गरेको भन्दै यसको सुरुआत चितवनबाट हुनलागेको जानकारी दिनुभयो ।

चितवनमा आइतबार एमाले पार्टी सदस्यताका लागि परीक्षा लिने भएको छ । कम्युनिष्ट पार्टीको न्यूनतम विचारधारा र सिद्धान्त बुझेका मान्छे पार्टीमा आवश्यक भएकाले परीक्षाको थालनी गरेको र यसलाई देशभरी नै अभियानको रुपमा लैजाने उहाँले बताउनुभयो ।

सो अबसरमा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले एमालेको विधानअनुसार सदस्यताका लागि परीक्षा लिन लागेको चितवन जिल्ला पहिलो भएको दाबी गर्नुभयो ।

परीक्षाका लागि एक हजार ४०० भन्दा बढीले नाम दर्ता गराएकोे पनि उहाँले जानकारी गराउनुभयो । लिखित रुपमै वस्तुगत प्रश्नपत्र बनाइएको एमाले चितवनले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts