Tuesday, December 20, 2016

हिमालय ऊर्जा विकास कम्पनीले साधारण सेयर जारी गर्ने

काठमाडौँ, ५ पुस । हिमालयन ऊर्जा विकास कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको १६ औँ वार्षिक साधारणसभाले रु २४ करोड ७५ लाख बराबरको २४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयवासीलाई निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

कम्पनीले एक महिनाभित्र बिक्री प्रबन्धक नियुक्त गरेर सेयर निष्कासनको काम अघि बढाउने आयोजनाका प्रबन्धक प्रकाश दुलालले राससलाई जानकारी दिनुभयो । उहाँकाअनुसार रु नौ करोड ९० लाख बराबरको नौ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीयवासीलाई दिइनेछ भने रु १४ करोड ७५ लाख बराबरको १४ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिनेछ ।

कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ती र सात मेगावाटको माथिल्लो खिम्ती आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजना बनाउन रु तीन अर्ब १५ करोड लाग्ने छ । आयोजनाको सिभिल निर्माणको काम तीव्र गतिमा अघि बढेको प्रबन्धक दुलालले जानकारी दिनुभयो । आयोजना रामेछाप र दोलखा जिल्ला भएर बग्ने खिम्तीखोलामा आयोजना निर्माण भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts