Monday, December 26, 2016

‘लेक साइड’को टाइटल गीत सार्वजनिक

राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र  ‘लेक साइड’को टाइटल गीत सार्वजनिक गरिएको छ । सांगीतिक प्रेम कथामा आधारित फिल्म  ‘लेक साइड’को टाइटल गीतमा सुगम पोखरेलको स्वर रहेको छ।दिनेश सुनारको शब्द रहेको यस गीतमा चन्द्र ज्योती ढुंगानाको संगीत रहेको छ।
 
चलचित्रका मुख्य कलाकार  नीता ढुंगाना र जीवन लुइटेललाई फ़िचरिंग गरिएको यस गीतमा पोखराको ‘लेक साइड’ आसापास हुने गतिबिधि देख्न सकिन्छ ।पर्यटकीय नगरी पोखरको लेकसाइडमा एउटा युवकले संगीत क्षेत्रमा हात हालेपछि भोग्नुपरेको विविध पीडालाई निकै नै मार्मिक तवरले  कथावस्तु चलचित्रमा प्रस्तुत गरिएको छ ।
 
छिट्टै प्रदर्शन मिति तय गरिने  चलचित्र  ‘लेक साइड’लाई एन्जल ढुंगानाले निर्माण गरेका हुन । इंदिरा तिवारी ढुंगाना कार्यकारी निर्माता रहेको  ‘लेक साइड’लाई : पवन गौतमले छायांकन ,तारा थापा किम्लेको संपादन गरेका हुन ।
 
 तेजेन्द्र कँडेलको र बेनी ढुंगानाको संयोजनमा  यो चलचित्र आगामी नयाँ वर्षको अवसर पारेर बेल्जियमबाट रेड कार्पेड सहित भव्य प्रिमियर गर्ने निर्माण पक्षले जानकारी दिएको छ । चन्द्र ज्योती  ढुंगाानाकै संगीतमा राजेश पायल राई र अञ्जु पन्तको स्वर  रहेको यस चलचित्रका गीत–संगीत पनि निकै नै मिठो बनेको निर्देशक राजु अधिकारीले जानकारी दिनु भयो  ।चलचित्र दीपक ढाकल र एन्जल ढुंगानाको पनि  मुख्य भूमिका रहेको छ। आशुतोष फिल्म्स प्रोडक्शन र चन्द्रज्योती फिल्म्स को प्रस्तुतिमा चलचित्र निर्माण गरिएको हो

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts