Thursday, December 1, 2016

सङ्घीय गठबन्धनद्वारा संशोधन विधेयक अस्वीकार

काठमाडौँ, १६ मङ्सिर । सङ्घीय गठबन्धनले सरकारद्वारा व्यवस्थापिका–संसद्मा दर्ता गरिएको नेपालको संविधान (दोस्रो संशोधन) २०७३ विधेयकलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालय तीनकुनेमा बसेको बैठकले संशोधनले गठबन्धनका कुनै माग सम्बोधन नगरेकाले अस्वीकार गर्ने निर्णय गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराउनुभयो ।

उहाँले विधेयकले नेपाली समाजमा विद्यमान रहेको जातीय, वर्गीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गर्न नसकेकोले स्वीकार नगरिएको बताउनुभयो ।

सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले अहिले प्रस्ताव गरिएको विधेयकलाई परिमार्जन गरी पुनःदर्ता गर्नुपर्ने माग गर्नु भयो ।
बैठकमा सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायत गठबन्धनका २९ दलको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts