Wednesday, December 7, 2016

धैर्यता राख्न सांसदहरुको आग्रह

काठमाडौँ, २२ मङ्सिर । मुआब्जाको माग गर्दै केही स्थानीयवासीले बूढीगण्डकी जलविद्युत् आयोजनाको सिउरेनीटारस्थित कार्यालय घेराउ गरेको घटनाप्रति सो क्षेत्रका सांसदले धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

ऊर्जा मन्त्रालयद्वारा तयार गरिएको मुआब्जासम्बन्धी नीतिमा आधारित भई केही दिनअघि मुआब्जा निर्धारण समिति गोरखाले मुआब्जा तय गरिसकेको सो क्षेत्रका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, चीनकाजी श्रेष्ठ, कृष्ण धिताल, गङ्गालाल तुलाधर, कमला पन्त, गुरुप्रसाद बुर्लाकोटी, छमबहादुर गुरुङ, धनबहादुर घले, दिलमान पाख्रिन र परर्शुराम तामाङले धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

उहाँहरुले आज एक विज्ञप्ति प्रकाशन गरी सो क्षेत्र जनताको भावनालाई कदर गर्दै राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विज्ञप्तिमा वार्ताद्वारा नै समाधान गर्न सकिने भएको हुँदा संयमतापूर्वक आफ्ना माग सम्बन्धित निकायमा प्रस्तुत गर्दै समस्या समाधान गर्नेतर्फ प्रभावित क्षेत्रका जनता र सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts