Monday, December 19, 2016

आफ्नै शरीरमा आगो लगाएर घाइते

लहान, ५ पुस । सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आज आगो लगाएकी छन् ।

सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पु¥याएका थिए ।

गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ । आगो निभाउने क्रममा सरोजको हातमा समेत पोलेकालेसोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts