Monday, December 19, 2016

पर्सा वन्यजन्तु संरक्षण कार्यालयमा १६ बाघ

वीरगन्ज, ५ पुस । पर्सा वन्यजन्तु संरक्षण कार्यालय आधाभार बारामा पहिलो चरणको गणना हुँदा सन् २०१५÷१६ मा १९ बाघ रहेको पाइएको छ ।
बाघको स्थितिबारे अनुगमन गर्ने उद्देश्यले सञ्चालित बाघ गणना १६६ एकाइ बनाएर सुरु गरिएको राष्ट्र प्रकृति संरक्षण कोष अमलेखगन्जका संरक्षण अधिकृत शशाङ्क पोडेलले बताउनुभयो । प्रत्येक एकाइमा २५२ किमी क्षेत्रफल र एक जोडी क्यामरा जडान गरी ६६ वटा एकाइमा पहिलोचरणको काम सम्पन्न भएको छ ।

क्यामरा ट्रयापिङ प्रविधिबाट बाघगणना गरिएको छ । तीन चरणमा सो काम सम्पन्न गरिने छ । जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल कार्यालयको आर्थिक सहयोग र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा सो गणना सुरु गरिएको छ ।

राष्ट्रिय बाघ गणना अन्तर्गत सो आरक्षणमा सन् २०१३ । १४मा मा सात र सन् २०१४÷१५ मा १० वटा बाघ रहेको कार्यालयले जनाएको छ । पर्सा, बारा तथा मकवानपुरका वन समेटेको सो आरक्षणको क्षेत्रफल ६२७. ३६ वकिमी छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts