Monday, December 5, 2016

नेपाल उपविजेता

काठमाडौँ, २० मङ्सिर । श्रीलङ्कामा आज सम्पन्न तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसीपमा नेपाल उपविजेता बनेको छ ।

राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा श्रीलङ्कासँग २–१ गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको हो ।

खेलको सातौँं मिनटमा नै सुभाष घलानको गोलमा अग्रता लिएको नेपालले श्रीलङ्कालाई पहिलो हाफमा गोल गर्ने कुनै अवसर नै प्रदान गरेन । जितको नजिकै आइसकेको नेपालले आफूलाई सम्हाल्न नसक्दा जितबाट विमुख हुन पुग्यो । श्रीलङ्काका नादानले खेलको अन्तिम समयमा दुई गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

“थोरै समय सम्हालिन नसक्दा जितबाट बञ्चित भयौं”–कप्तान साजन महर्जनले भन्नुभयो । उहाँले छोटो समयको तयारीमा पनि फाइनलसम्मको यात्रा तय गर्न सकेकामा खुसी व्यक्त गर्दै टोलीका सम्पूर्ण खेलाडीहरूको मेहनतले यो उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो ।

नेपाल फुटसल सङ्घको स्थापनापश्चात छोटो अवधिको तयारीमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकामा दोस्रो स्थानमा चित्त बुझाउनु परेतापनि यो नेपालको लागि ठूलो उपलब्धि भएको सङ्घका अध्यक्ष देवकुमार अधिकारीले बताउनुभयो ।

नेपालले भारतलाई ५–० मालदिभ्सलाई ३–२ र पाकिस्तानलाई ९–० गोलअन्तरले पराजीत गर्दै फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगितामा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts