खानीखोला, धादिङ, । लायन्स तथा लियो क्लब अफ पिस, खानीखोलाद्वारा सञ्चालित खानीखोला सार्वजनिक पुस्तकालयले चितवनका कवि मुकुन्द खलपात्रको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको छ ।
अराजक अक्षर समूह चितवनको सहकार्यमा आयोजित सो कार्यक्रममा कवि मुकुन्द खलपात्रले आफ्ना करिब एक दर्जन बढी कविता सुनाएका थिए । उनको नमस्ते सर, मिस हिमाल, जिन्दगी एक कारोबार, क्याण्डीक्रस यथार्थ लगायतका कविता सुनाउँदा दर्शक तथा श्रोता मन्त्रमुग्ध बनेका थिए ।
समाजका विकृति तथा विसंगतिलाई आफ्नो कविताको विषय बनाउन रुचाउने खलपात्रका कवितामा समयको कटु सत्य पाइने असीम हमालले बताए । उनले भने, खलपात्र नयाँ चेतना बोकेका कवि हुन् । उनको यो चौथो एकल वाचन कार्यक्रम हो । यसअघि उनले चितवनमा दुई पटक र काठमाडौँमा एक पटक एकल कविता वाचन गरिसकेका छन् ।
Monday, December 26, 2016
खानीखोलामा खलपात्रको गर्जन
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment