Monday, December 5, 2016

ओकादीका युवा व्यावसायिक चिज उत्पादन अभियानमा

वालिङ, २० मङ्सिर । स्याङ्जाको भिरकोट नगरपालिका–३ ओकादीका युवा व्यावसायिक रुपमा चिज उत्पादन अभियानमा जुटेका छन् ।

युवाले व्यावसायिक रुपमा सञ्चालन गरेको फर्ममा सानन जातका ७० वटा दुधालु बाख्रा रहेका र ती बाख्राबाट आगामी वर्ष झन्डै ५० लिटर दूधबाट “गोट चिज” उत्पादन हुने पशुसेवा केन्द्र दहथुमका प्रमुख सुशील अर्यालले बताउनुभयो ।

“देश तथा विदेशमा चिजको माग बढ्दै गइरहेको अवस्थामा स्थानीय बजार र विशेषगरी पोखरालाई लक्षित गरी उत्पादन गर्न लागिएको हो”, युवाका लागि नमुना बाख्रा गाउँ अभियानका अभियान्तासमेत रहनुभएका अर्यालले भन्नुभयो – “राम्रो व्यवस्थापन, उच्च नश्ल, प्रशस्त घाँस, प्राविधिक सेवा र युवाको एकताका कारण चिज उत्पादनले सार्थकता पाउने देखेको छु ।”

अभियानअन्तर्गत यही माघको अन्तिममा एक सय वटा माउ बाख्रामा हिट सिन्क्रोनाइज विधिबाट कृत्रिम गर्भाधान गरिने बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts