Tuesday, December 20, 2016

विश्वविद्यालय उन्नतिका लागि सबै मिलेर अगाडि बढ्नुपर्छ : उपकुलपति कोइराला

दाङ, ५ पुस । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइरालाले विश्वविद्यालयको उन्नतिका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

जनता विद्यापिठ बिजौरी दाङको ६४ औँ वार्षिकोत्सवको आवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो –यो विश्वविद्यालय विभिन्न प्रतिकूल परिस्थितिका बीचबाट अगाडि बढिरहेको भएपनि नेपालको शिक्षा क्षेत्रमा यसको आफ्नै महत्व रहेको छ ।

सांसद वुद्धिराम भण्डारीले संस्कृत वाङमयको महत्व बुझाउन नसकेकाले यसको विकास हुन नसकेको उल्लेख गर्दै विश्वविद्यालयलाई अझ परिणममुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा वेणिमाधव ढकाल, सेवा आयोगका सदस्य प्रा श्रीधर मजगैंया, आयुर्वेद अध्ययन संस्थानका डीन डा. सञ्जय पोखरेल, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, मध्यपश्चिम क्षेत्रीय आयुर्वेद अध्ययन संस्थानका मेसु डा. ठाकुरप्रसाद दुवाडीलगायतले नेपालमा संस्कृत वाङमय र विश्वविधालयको महत्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

कार्यक्रममा सेवा आयोगका अध्यक्ष प्रा.डा.ढकालले जनता विद्यापीठको वार्षिक मुखपत्र हैमप्रभाको विमोचन गर्नुभयो भने आयुर्वेद अध्ययन संस्थानका डीन प्रा. पोखरेलले विद्यापीठको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउनुभयो ।

सो अबसरमा विभिन्न सङ्काय र तहमा उत्कृष्ट हुने विद्यार्थी तथा वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र पनि प्रदान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts