Monday, December 19, 2016

प्रोत्साहन रकम खर्च हुन सकेन

म्याग्दी, ५ पुस । गाविसस्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको खातामा रहेको लाखाँै रुपैयाँ बजेट परिचालन हुन सकेको छैन ।

समन्वय समितिको निष्क्रियता, सरोकार भएकाको बेवास्ता, गाविस सचिव परिवर्तन, नयाँ आउने सचिवले बजेटका बारेमा जानकारी नपाउनुलगायत कारणले करिब रु ५० लाख परिचालन हुन नसकेको हो ।

गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने क्रममा जिविस अन्तर्गत, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले प्रोत्साहनबापत तत्कालीन ४१ समन्वय समितिलाई रु ४९ लाख ८९ हजार ७०० उपलब्ध गराएको थियो ।
गाविसस्तरमा खानेपानी र सरसफाइ क्षेत्रमा काम गर्न उपलब्ध गराइएको रकम वर्षौसम्म पनि परिचालन हुन नसकेको जिविसका खानेपानी तथा सरसफाइ सम्पर्क राजेन्द्र आचार्यले बताउनुभयो ।

उहाँका अनुसार कच्ची शौचालयको स्तरवृद्धि, खानेपानी र सरसफाइको पहुँच विस्तारमा परिचालन गर्न सो रकम उपलब्ध गराइएको थियो । समन्वय समितिका खातामा रहेको बजेट परिचालनमा बेवास्ता हुँदा सरसफाइ कार्यक्रम सञ्चालन गर्न समस्या भएको बेनपा– ९ का अगुवा यामबहादुर चोखालले बताउनुभयो ।

जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले जिविसले गाविस कार्यालयमा पत्राचार गरेर बजेट खर्चको विवरण माग गरेको सम्पर्क व्यक्ति आचार्यले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts