Saturday, January 21, 2017

आयोजक सहारा सेमिफाइनलमा

पोखरा, ८ माघ । यहाँ जारी पन्ध्रौं आहा रारा गोल्डकप फुटवल प्रतियोगितामा आयोजक सहारा क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

भारतको युनाइटेड सिक्किमलाई टाइब्रेकरमा ४–२ अन्तरले पराजित गर्दै सहाराले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित ९० र थप ३० मिनेट समयमा गोल नभएपछि टाइब्रेकरमा निर्णय भएको थियो । टाइबेकरमा सहाराका उत्तम गुरुङ, सुसन गुरुङ, शिव सुवेदी र रमेश मगरले गो गरेका थिए भने युनाइटेडका सञ्जय क्षेत्री तथा र फूर्वा छिरिङ लेप्चाले गोल गरे पनि सोनाम तोप्देन र आषिश क्षेत्रीले हानेको बल पोस्ट माथिबाट बाहिरिएको थियो ।

प्रतियोगितापछि आयोजित पत्रकार भेटघाटमा सहारा क्लब पोखराका कोच किरण श्रेष्ठले सुरुदेखि नै दुवै टोलीबीच कडा प्रतिष्पर्धा भएको बताउँदै गोल हान्ने धेरै अवसर गुम्न गएको बताउनुभयो ।

युनाइटेड सिक्किमका प्रशिक्षक अर्जुन राईले दुवै टिम सुरुवातदेखि नै राम्रो खेलेका कारण कडा प्रतिष्पर्धा भएको बताउँदै आयोजक सहारा क्लबले गोल्डकपमा खेल्नका लागि दिएको अवसर प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

आहा रारा गोल्डकपअन्तर्गतको आइतबारका दोस्रो क्वाटरफाइनल खेल लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र धरान फुटवल क्लबबीच हुनेछ ।

अब सहाराले आर्मी र रमपम झापा ११ को विजेतासँग माघ १२ गते सेमिफाइनलमा खेल्नेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts