Monday, January 16, 2017

मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने

वीरगन्ज, ४ माघ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमति गरी स्थानीय निर्वाचनको घोषणा हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पर्सा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा मत दिने भएकाले संविधान संशोधनलाई कसैले रोक्न सक्दैन भन्नुभयो ।

एक प्रश्नको उत्तरमा उहाँले सङ्गठित अपराधलाई समाप्त पारी दोषीलाई कारबाही गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वसभासद् रामेश्वर रौनियारले पोखरियामा सेवा केन्द्र हुनुपर्ने माग गर्दै मन्त्री निधिलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts