काठमाडौँ, ९ माघ । नेपाल राष्ट्र बैंकले आज जारी गरेको रु १० अर्बको विकास ऋणपत्रमा रु तीन अर्ब ७४ करोड बराबरको आवेदन परेको हो ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आज पहिलो दिन सामान्य रुपमा आवेदन परेको जानकारी दिनुभयो । आगामी केही दिन उक्त ऋणपत्रमा आवेदन दिने समय भएकाले आवश्यक मात्रामा आवेदन पर्ने उहाँले बताउनुभयो ।
बैंकले यसअघि बैंक तथा वित्तीय संस्थामा रहेको रु ४९ अर्ब आठ करोडमध्ये बोलकबोलबाट रु ४० अर्बको ऋणपत्र खरिद गरी तरलता प्रवाह गरेको थियो ।
बैंकले सोमबार रु ५० करोडको टे«जरी बिल निस्काशन गर्न लागिएको जनाएको छ । सो बिलको अवधि ९१ दिन हुने बैंकको भनाइ छ । रासस
No comments:
Post a Comment