राजविराज, २४ पुस । एक्कासि चिसो बढेपछि सप्तरीका विद्यालय एक साताका लागि आजबाट बन्द गरिएका छन् ।
तीन दिनयता बढेको चिसोका कारण जनजीवन कष्टकर बन्न थालेपछि जिल्लामा रहेका सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षक महासङ्घका जिल्ला अध्यक्ष फुलेश्वर मण्डलले जानकारी दिनुभयो । जिल्लामा ४१० वटा सामुदायिक विद्यालय रहेका छन् । रासस
No comments:
Post a Comment