Sunday, January 8, 2017

कुदान क्षेत्रमा बौद्ध पूजा

कपिलवस्तु, २४ पुस । बौद्ध धर्म दर्शनअनुसार नयाँ भिक्षु बनेका चिनियाँ भिक्षुले आज निग्रोधाराम र कुदान क्षेत्रमा बौद्ध पूजा प्रार्थना गरेका छन् ।

कुदान क्षेत्रमा १३० जना नयाँ भिक्षु र ३० जना बौद्ध गुरुले सामूहिक पूजा तथा प्रार्थना गरेका हुन् । कुदान क्षेत्र गौतम बुद्धका पिता राजा शुद्धोदनको न्यायालयका रुपमा परिचित छ । यसै कुदान क्षेत्रमा गौतम बुद्धका छोरा राहुल भिक्षु बनेका थिए । त्यसकारण पनि उक्त स्थान बौद्ध धर्मावलम्बीका लागि निकै पवित्र स्थल मानिने लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष राजेश ज्ञवालीले बताउनुभयो ।

कुदान क्षेत्रमा बौद्ध पूजा तथा प्रार्थनापछि भिक्षुले छ किलोमिटर पैदल यात्रा गरी उत्तरतर्फ रहेको प्राचीन तिलौराकोट दरबार क्षेत्रको अवलोकन गरेका थिए । तिलौराकोट दरबार क्षेत्रमा भिक्षुले विश्व शान्तिको प्रार्थना गरेका थिए । भिक्षुको सो टोलीमा बुद्धिष्ट एसोसिएसन अफ चाइनाका अध्यक्ष स्वन चाङ, उपाध्यक्ष इन्सुनलगायतको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts