Saturday, January 21, 2017

नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने

बर्दिया, ८ माघ । भारतको उत्तर प्रदेशसँग जोडिएको नेपाल–भारत सीमा नाका माघ १२ गते बिहान ७ बजेदेखि ४८ घन्टाका लागि बन्द हुने भएको छ ।

भारतको उत्तर प्रदेशमा विधानसभाको चुनाव हुन लागेकाले माघ १२ गते अर्थात् जनवरी २५ तारिख बिहान ७ बजेदेखि नेपाल–भारत सीमा ४८ घन्टाका लागि बन्द हुने बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिनुभयो ।

चुनावलाई मध्यनजर गर्दै शान्ति सुरक्षा प्रदान गर्न भारतको बहराइच नानपारामा आज बसेको नेपाल र भारतका सुरक्षाकर्मीको बैठकबाट अत्यावश्यक साधन एम्बुलेन्सबाहेक सीमा क्षेत्र बन्द गर्ने निर्णय भएको उपरीक्षक बोहोराले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts