धनुषा, ५ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनबिना सरकारले चुनाव गराउन खोजे आफूहरुलाई मान्य नहुने बताउनुभएको छ ।
जनकपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संविधानको विरोध मधेसी जनताले गरेको बेलामा चुनाव गराउन खोजे मधेसी जनता निर्वाचनमा सहभागी नहुने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – “संविधान संशोधनबिना चुनावको कल्पना नगरे पनि हुन्छ ।” रासस
No comments:
Post a Comment