Monday, January 23, 2017

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, १० माघ । राष्ट्रिपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु पामले नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेको छ ।

भेटमा उहाँहरुबीच नेपाल र बेलायतबीचको सम्बन्धका विविध पक्षबारे विचारविमर्श भएको राष्ट्रपतिको कर्यालयले जनाएको छ । त्यस अवसरमा नेपालका लागि बेलायी राजदूत रिचर्ड मरिस, राष्ट्रपति कार्यालयका उच्च अधिकारी र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकृतको पनि सहभागिता थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts