भक्तपुर, २० पुस । प्रगतिशील लेखक सङ्घ भक्तपुरको चौथो जिल्ला सम्मेलनले देवीप्रसाद ढकालको अध्यक्षतामा २५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
नयाँ कार्यसमितिका उपाध्यक्षमा डी आर गेलाल, हिरण्यप्रताप सांगामी, सचिवमा रघुनाथ अधिकारी, सहसचिवमा चूडामणि पौडेल र कोषाध्यक्षमा विनोद अधिकारी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यमा त्रिविक्रम पाण्डे, सीता सुवेदी पन्थी, हरिसुन्दर राजथला, नेम खत्री, लक्ष्मी खत्री, अगिब बनेपाली, बाबुकाजी श्रेष्ठ र प्रविण जोशीलगायत हुनुहुन्छ ।
त्यस्तै आगामी तीनवर्षे कार्यसमितिको सल्लाहकारमा डा यज्ञेश्वर निरौला, रामप्रसाद न्यौपाने, मनोहर लामिछाने र सागर गुरागाईंलाई सर्वसम्मत चयन गरिएको छ । रासस
No comments:
Post a Comment