सोलुखुम्बु, ९ माघ । दुधकुण्ड नगरपालिका–६ स्थित पाल्देन शेर्पाको घरमा आज आगलागी हुँदा करिब रु ३० लाख बराबरको क्षति भएको छ ।
विद्युत् चुहावट भई सुरु भएको आगलागीबाट घरभित्र रहेका सबै सामग्री जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । स्थानीयबासी र प्रहरीले आगालागी नियन्त्रणमा लिएको बताइएको छ । रासस
No comments:
Post a Comment