दमौली, १७ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छिट्ट्रै तीन तहको निर्वाचन हुने भएकाले तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
काँग्रेसका कार्यकर्तालाई तनहुँको भिमादमा आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सरकार संविधान संशोधन प्रक्रिया टुङ्ग््याएर निर्वाचन गर्ने तयारीमा जुटेको आफूले पाएको पौडेलले बताउनुभयो ।
“सरकार जेठसम्ममा स्थानीय चुनाव गर्ने र मङ्सिर सम्ममा प्रदेश र संसद्को चुनाव गर्ने तयारीमा छ । त्यसैले तपाईँहरू निर्वाचनका लागि तयारी हुनुहोस्” पौडेलले भन्नुभयो ।
संसद्मा अवरोध गर्नाको सट्टा नेकपा(एमाले)ले संसद् खुलाउन पहल गर्नुपर्ने बताउँदै पौडेलले संविधान जारी गर्दा एक भएका दलहरु संशोधन प्रक्रियामा पनि एक भएर अगाडि बढनुपर्छ भन्नुभयो । रासस
No comments:
Post a Comment